२०८२ चैत्र १५ | Mar 29, 2026

प्रधानमन्त्री कपका लागि दिवान पुनको १६ सदस्यीय टिम घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ५
|
663 views

पुनको कप्तानीमा कर्णाली प्रदेशले प्रधानमन्त्री कपका लागि १६ सदस्यीय टिम घोषणा गरेको छ । टिमको प्रशिक्षकको जिम्मेवारी वीरेन्द्र शाहले सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री कप २०८२/८३ को संस्करण काठमाडौँका दुई मैदान तथा जनकपुर र पर्सामा गरी चार स्थानमा सञ्चालन हुने बताइएको छ ।

कर्णालीको टिममा दिवान पुन (कप्तान), अर्जुन घर्ती (विकेटकिपर), दिनेश अधिकारी, रविन्द्रजंग शाही, विपिनप्रसाद शर्मा, विपिन रावल (विकेटकिपर), दिपेन्द्र रावत, युनिसविक्रम ठकुरी, सुनिल धमला, प्रकाश जैशी, अरविन्द घर्ती, राजप्रसाद शाह, विपिनविक्रम शाही, लक्ष्मण बम, निश्चल रावल र अनुजकुमार चनारा रहेका छन् ।

त्यस्तै, प्रशिक्षक वीरेन्द्र शाह, सहायक प्रशिक्षक रोशन शाही र व्यवस्थापक रमेश शाही पनि टिममा समावेश छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया