काठमाडौं महानगरपालिकामा पाँच सय नौ स्थानको मौलिक नाम पहिचान

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
663 views

ललितपुर - ललितपुर – काठमाडौं महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित गरेको जनाएको छ ।

सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा दुई चरणको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको कामपा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।

तेस्रो चरणमा थप आठवटा वडाको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता गरिएको छ । यस चरणमा वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानको मौलिक नामको अध्ययन गरिनेछ ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नाम केवल बोलाउनका लागि प्रयोग गरिने शब्द मात्र नभई इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा समेटिएको हुनुपर्ने बताउनुभयो । उहाँले नाम राख्ने र प्रचलनमा ल्याउने काम हलुका रूपमा लिन नहुनेपरिचय पाटी राख्दा दृश्य प्रदूषण नहुने गरी पुरानै स्थानमा राख्न सुझाव दिनुभयो ।

पहिलो चरणमा वडा नं ५, ६, ७, १८, २४ र दोस्रो चरणमा वडा नं ८, १७, १९, २०, र २५ मा अध्ययन भइसकेको छ ।

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ । यसरी पहिचान गरिएको नामलाई स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग पुष्टि गराइन्छ ।

 पात्रो/राशिफल  रेडियो YouTube