ललितपुर - ललितपुर – पछिल्ला दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तुवालो (smog) को प्रभावले वायु प्रदूषण उच्च स्तरमा पुगेको छ । आईक्युएयर (IQAir) का अनुसार दिउँसो १ बजेसम्म काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा रहेको थियो । हावाको गुणस्तर सूचकांक १९० भन्दा माथि पुगेको छ, जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।
अन्य प्रभावित सहरहरू:
वीरेन्द्रनगर, धनगढी, पाटन लगायतका शहरमा पनि वायु प्रदूषणको स्तर उच्च देखिएको छ ।
मौसम सुधार कहिले होला ?
मौसमविद्हरूका अनुसार काठमाडौंमा आकाश अहिले तुवालोले ढाकिएको छ । भिजिबिलिटी घटेको र आकाश धुम्म देखिएको छ ।
मौसमविद् सञ्जीव अधिकारी का अनुसार ठूलो वर्षा नभएसम्म तुवालो हट्न समय लाग्नेछ। पूर्वी र तराईका केही भूभागमा छिटफुट वर्षा हुँदा प्रदूषण क्रमशः कम हुँदै गएको छ ।
- काठमाडौं उपत्यका कचौरा आकारको भएकाले बाहिरबाट आएको धुलो–धुवाँ भित्रै थुनिन्छ ।
- प्रदूषण हट्न ठूलो हावा वा ठूलो वर्षा आवश्यक छ ।
- हाल त्यस्तो संकेत छैन, तर आजभन्दा भोलि क्रमशः सुधार हुने, बिहीबार ठूलो वर्षा भए तुवालो पूर्ण रूपमा हट्ने सम्भावना छ ।
स्वास्थ्य जोखिम र बिरामीको चाप
वायु प्रदूषण बढेसँगै अस्पतालहरूमा बिरामीको चाप पनि बढ्न थालेको छ । चिकित्सकहरूले रिपोर्ट गरेका सामान्य लक्षणहरू:
- घाँटी दुख्ने
- टाउको दुख्ने
- आँखा पोल्ने
- शरीर आलस्य
- सास फेर्न गाह्रो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका
- मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौला सम्बन्धी समस्या बढ्न सक्छ।
- दीर्घरोगी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, दम वा खोकीका बिरामी बढी जोखिममा छन्।
- अत्यावश्यक अवस्थामा बाहिर निस्कँदा मास्क प्रयोग गर्न सुझाव दिइएको छ।
प्रदूषण बढ्ने मुख्य कारणहरू
- पुराना सवारीसाधन
- वन डढेलो
- उद्योगधन्दा
- निर्माणस्थलबाट निस्कने धुलो–धुवाँ
मन्त्रालयका अनुसार काठमाडौंमा अझै करिब एक हप्ता प्रदूषणको असर रहन सक्ने सम्भावना छ ।

बिजनेस पाटी