काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा विहीबार विहानैदेखि वर्ष भइरहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। आज विहानको समयमा कोशी, बागमती र लुम्बिनी प्रदेशको कतिपय स्थानमा हावाहुरी र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
यसैगरी आज दिनभर देशका कतिपय स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम विहाीबार राति पनि जारी रहनेछ ।
यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट काठमाडौंमा उपत्यकामा रहेको उच्च वायु प्रदुषण पनि क्रमश कम हुने अनुमान गरिएको छ ।
विहीबार दिउँसोदेखि रातिसम्म पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।