ललितपुर - बजारमा मागको तुलनामा आपूर्ति घटेपछि केराको मूल्य अस्वाभाविक रूपमा बढेको छ । सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि यसको प्रत्यक्ष असर बजारमा देखिएको हो ।
खुद्रा बजारमा एक दर्जन केराको मूल्य ३ सय ५० रुपैयाँसम्म पुगेको उपभोक्ताहरूले बताएका छन् । आपूर्ति घटेसँगै बजारमा केराको अभाव देखिन थालेको छ ।
काठमाडौँको कुलेश्वर फलफूल बजारमा समेत यसको प्रभाव परेको छ । केरा कम आउन थालेपछि कतिपय थोक पसल बन्द नै गर्नुपरेको व्यवसायीहरूले बताएका छन् ।
फलफूल व्यवसायी दिलिप राउतका अनुसार स्थानीय उत्पादनले मात्र बजारको माग धान्न नसक्ने अवस्था छ । केरा नआएपछि कतिपय पसल बन्द गर्नुपरेको छ, खर्च धान्नै गाह्रो भइरहेको छ” उनले भने, भारतबाट आयात खुला गर्नुपर्छ ।
पछिल्लो समय मूल्य वृद्धि चर्किँदै जाँदा उपभोक्तामाथि थप आर्थिक भार परेको छ भने व्यवसायीसमेत संकटमा परेका छन् ।





बिजनेस पाटी
















