२०८२ चैत्र २१ | Apr 04, 2026

खामेनीका उत्तराधिकारीबारे बहुमत सहमति

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २४
|
1.7k views

ललितपुर – इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा महत्त्वपूर्ण प्रगति भएको बताइएको छ । तेहरानस्थित मेहर समाचार एजेन्सी (एमएनए) का अनुसार इरानको शक्तिशाली धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ भित्र खामेनीको उत्तराधिकारीको विषयमा बहुमत सहमति बनेको जनाइएको छ, यद्यपि औपचारिक घोषणा भने अझै हुन बाँकी रहेको छ ।

एसेम्बली अफ एक्सपर्ट्सका सदस्य मिरबाकेरीलाई उद्धृत गर्दै उक्त प्रतिवेदनले उत्तराधिकारी चयनको विषयमा अधिकांश सदस्यहरूबीच सहमति बनेको उल्लेख गरेको छ । तर केही प्रक्रियागत अवरोधहरू समाधान गर्न बाँकी रहेकाले नेतृत्व हस्तान्तरणको प्रक्रिया अझै पूर्ण रूपमा सम्पन्न नभएको बताइएको छ ।

खामेनीको हत्या भएपछि उत्पन्न नेतृत्व शून्यताबीच उत्तराधिकारी चयनको प्रक्रिया अघि बढिरहेको हो । ८६ वर्षका खामेनीको मृत्यु अमेरिकासँग सम्बन्धित र इजरायली आक्रमणसँग जोडिएको घटनामा भएको बताइएको छ । त्यसपछि इरानको राजनीतिक तथा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

यसबीच इरानको नेतृत्व परिषद्ले पनि उत्तराधिकारी नियुक्ति प्रक्रिया अगाडि बढिरहेको सङ्केत दिएको छ । यस हप्ताको बुधबार परिषद्ले राज्य सञ्चारमाध्यमलाई चाँडै नै नयाँ सर्वोच्च नेता नियुक्त गरिने जानकारी दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया