परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २९
|
306 views

ललितपुर - परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उहाँलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ ।

      सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गर्नुभयो ।

      दुवै मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि उहाँहरूबीच छलफल भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube