|
|
२०८२ माघ २९
612 views
ललितपुर - ललितपुर – समूह ‘बी’को खेलमा श्रीलंका र ओमानबीच मुकाबला जारी छ । टस हारेर ब्याटिङमा उत्रेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर २२५ रन बनाएको छ ।
टीमका मुख्य ब्याट्सम्यानहरूले अर्धशतक बनाउँदै स्कोरलाई बलियो बनाएका छन् । कुशल मेन्डिस ६१, पवन रत्नायके ६०, दाशुन शनाका ५० रन जोडे। साथै, कमिन्दु मेन्डिस १९ रनमा अविजित र पथुम निसान्का १३ रनमा रोकिएका छन् ।
यससँगै, ओमानले अब २२६ रनको चुनौती सामना गर्नुपर्ने भएको छ ।

बिजनेस पाटी