ललितपुर – आईसिसी महिला टी(२०) विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा सम्पन्न सुपर सिक्स चरणको खेलमा आयरल्यान्डले थाइल्यान्डमाथि ६२ रनको विजय हासिल गर्यो ।
टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनायो। टोलीका लागि गाबी लेउसले २५ रन बनाएकी थिइन् भने एमी हन्टर र ओर्ला पेन्डरगस्टले समान २४–२४ रनको योगदान गरे ।
थाइल्यान्डले ६.१ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो। कप्तान नारुमोल चाइवाइले २२ र नान्नपत कोन्चारनले १५ रन बनाएकी थिइन्, बाँकी ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् भने चार ब्याटर शून्यमा आउट भए ।
आयरल्यान्डका लागि आर्लेन केलीले ४ विकेट र लारा म्याक ब्राइडले ३ विकेट लिएर थाइल्यान्डलाई सस्तैमा समेटिन् ।
यो जितसँगै, आयरल्यान्डले प्रतियोगितामा विश्वकपको स्थान पहिले नै पक्का गरिसकेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया