पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा महानगरको खोप कार्यक्रम

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ५
|
408 views

ललितपुर - पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अब खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखाको निर्णयअनुसार पोखरा–३० खुदीस्थित सहरी स्वास्थ्य केन्द्रमा हरेक महिनाको ७ गते सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम यही वैशाखदेखि पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा सञ्चालन गर्न लागिएको हो ।

अस्पतालका प्रशासन प्रमुख ढाकामोहन बरालका अनुुसार पहिलो पटक यही वैशाख ७ गते शिक्षण अस्पतालबाट खोप कार्यक्रम सुरु गरिने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । यस कार्यले स्थानीयवासीलाई थप सहज रूपमा खोप सेवा उपलब्ध हुने उहाँले बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube