खोटाङको कपिलासगढी गाउँपालिका–२ खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।
दुर्घटनापछि अर्को हेलिकप्टर मगाएर घाइते काजीबहादुर राई र चालकलाई काठमाडौं पठाइएको खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले नेपाल प्रेससँग बताए ।
घटनास्थलमा रहेकापना वडाध्यक्ष मिलन राईका अनुसार, पास्टर काजीबहादुर गम्भीर घाइते भएका छन्। हेलिकप्टर बारीमा अवतरणको क्रममा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
घटनामा परेका स्थानिय मनलसी राईको काठमाडौंमा निधन भएको थियो। पारिवारिक संस्कारका लागि उनका श्रीमान् र छोरा हेलिकप्टरमार्फत खोटाङ आएका थिए। मनलसीको शव भोलि ल्याउने तयारी भइरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, दुर्घटना बिहान ११:५१ मा एयर डाइनेष्टी हेलिकप्टर ‘९ एन-एएफक्यू’मा भएको थियो । हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए भने, एकजनालाई सामान्य चोट लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया