कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
1.5k views

ललितपुर - ललितपुर – कजाकिस्तानको स्चुचिन्सकस्थित क्याफेमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएका छन् ।

अकमोला क्षेत्रको बुराबे जिल्लामा रहेको आवासीय भवनसँग जोडिएको क्याफेमा ग्यास–हावाको मिश्रणबाट आगो लागेपछि विस्फोट भएको अनुमान गरिएको छ ।

      आगो नियन्त्रणमा आइसकेको छ । प्रारम्भिक विवरणअनुसार पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

      घाइतेमध्ये १३ जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमा धेरैजसो गम्भीर रूपमा जलेका छन् ।

      विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube