रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ–उन आशावादी

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ३१
|
714 views

ललितपुर - उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताउनुभएको छ । दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उहाँले बताउनुभएको हो ।

आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार, कोरियाली ‘मुक्ति दिवस’को ८१औँ वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले शनिबार यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

      किमले पुटिनको नेतृत्वमा रुसी सेना र जनताले आफ्नो सार्वभौमिकता, सुरक्षा हित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रुस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रुसी राष्ट्रपतिको कार्यकालमा थप सफलताको कामनासमेत गर्नुभयो ।

      उत्तर कोरियाले सन् १९४५ अगस्त १५ मा जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १५ लाई ‘मुक्ति दिवस’का रूपमा मनाउँदै आएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube