२०८२ चैत्र १५ | Mar 29, 2026

वरिष्ठ गीतकार खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
663 views

ललितपुर – नेपाल स्रष्टा समाजले २०८२ का लागि वरिष्ठ गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ ।

खरेललाई एक लाख १११ रुपैयाँ नगद सहित सम्मान अर्पण गरिनेछ । नेपाली गीति परम्परालाई आधुनिक धारमा डोर्‍याउने श्रेय गीतकार खरेललाई जान्छ । उनी ६ दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय छन् ।

उनले नेपाली चलचित्र ‘माइतीघर’ का लागि लेखेको गीत वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर लोकप्रिय र सदावहार गीत हो । साथै, उनका गीत ए दूरका सितारा मेरो चाँदनी कहाँ छ आज पनि स्रोताको मनमस्तिष्कमा झङ्कृत हुन्छ । खरेलले करिब सात सयभन्दा बढी गीतहरू लेखिसकेका छन् र उनी एक कुशल कार्यक्रम सञ्चालक तथा रेडियो प्रस्तोता पनि हुन् ।

उनका गीतिसंग्रहहरूमा के हो तिम्रो नाउँ ? ‘मेरी परु, मेरी प्रियतमा, ए दूरका सितारा लगायत रहेका छन् । उनले थुप्रै नेपाली चलचित्रका लागि गीत लेखेका छन् र थुप्रै म्युजिक भिडियो पनि बनेका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ का अनुसार यो सम्मान आगामी चैत ७ गते राजधानीमा विशेष कार्यक्रममार्फत समर्पण गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया