किशोरी साहको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
765 views

ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा धनुषा क्षेत्र नम्बर–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की किशोरी साहको सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ सकिएको छ

सुनुवाइ फागुन २९ शुक्रबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा भएको थियो ।

साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सुनुवाइ सकिएसँगै अर्डर आउन बाँकी रहेको जानकारी छ ।

निर्वाचन आयोगले साहको नाम कालोसूचीमा परेको कारण योग्यता नपुगेको भन्दै उनको उम्मेदवारी रद्द गरेको थियो। आयोगले साहका प्रतिस्पर्धी मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिसकेको छ ।

सर्वोच्चले फागुन २८ मा दायर अर्को रिटमा मात्र कर्जा सूचना केन्द्रलगायत निकायलाई कालोसूचीमा नाम राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube