पूर्वराष्ट्रपति युन सुक-योललाई विद्रोहको आरोपमा आजीवन कारावासको सजाय

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
459 views

ललितपुर - ललितपुर – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योललाई विद्रोह (इन्सरेक्सन) को आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । सियोल सेन्ट्रल जिल्ला अदालतले बिहीबार (फेब्रुअरी १९, २०२६) यो फैसला सुनाएको हो ।

यो सजाय दक्षिण कोरियामा डिसेम्बर ३, २०२४ मा उनले घोषणा गरेको छोटो समयको आपतकालीन मार्शल ल (सैन्य शासन) सँग सम्बन्धित छ । अदालतले यो कदमलाई संवैधानिक व्यवस्थालाई भंग गर्ने विद्रोहको नेतृत्व गरेको ठहर गरेको छ। प्रहरीले युनलाई मृत्युदण्डको माग गरेको थियो ।

तर अदालतले आजिवन कारावास (लाइफ इम्प्रिजनमेन्ट) को सजाय तोकेको छ । यो फैसला दक्षिण कोरियाको लोकतान्त्रिक इतिहासमा निर्वाचित राष्ट्रपतिलाई यस्तो कठोर सजाय दिइएको पहिलो घटना हो । मार्शल ल घोषणा भएपछि मात्र ६ घण्टाभित्रै संसद्ले यसलाई रद्द गरेको थियो, जसले देशमा ठूलो राजनीतिक संकट निम्त्याएको थियो ।

युनलाई यसअघि पनि इम्पिचमेन्ट (महाभियोग) मार्फत पदबाट हटाइसकिएको थियो । यो घटनाले दक्षिण कोरियाको लोकतन्त्रको परीक्षा गरेको र जवाफदेहिताको महत्त्वपूर्ण कदम भएको विश्लेषकहरूले बताएका छन् । युनले यो फैसलाविरुद्ध अपील गर्ने सम्भावना छ ।

 पात्रो/राशिफल  रेडियो YouTube