|
|
२०८२ माघ २६
306 views
ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी ओलीले घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै नेपालमै ग्यास निकालेर पाइपमार्फत घरघरमा वितरण गर्न सकिने बताएका छन् । उनले भने, “अब विदेशबाट ल्याएको ग्यास होइन, ताला लगाएर राखेको ग्यास निकाल्नुपर्छ । पानीजस्तो ठ्याकीमा राखेर घरघरमा पुर्याउन सकिन्छ, सिलिन्डर आवश्यक पर्दैन।
ओलिले गुइँठा बाल्ने प्रचलन संस्कृति नभई गरिबी भएको भन्दै अन्त्य गर्नुपर्ने बताए । संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ । अब बिजुली बाल्ने तिर ध्यान दिनुपर्छ बताएका छन् ।
साथै, उनले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै काठमाडौंमा चुनाव जित्ने अवस्था नभएर झापामा आएको टिप्पणी पनि गरेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया