ललितपुर - ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले मतदाताप्रति धन्यवाद व्यक्त पनि गरेका छन् । उनले लेखेका छन्, लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो ।
ओलीले सन्देशमा जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, यस कठिन घडीमा सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।
निर्वाचन परिणाम पार्टीका पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनले बताएका छन् । हामी जनताकै बीचमा रहनेछौँ उनले बताए I जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने र विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।

बिजनेस पाटी