२०८२ चैत्र २१ | Apr 04, 2026

देश परिवर्तनका लागि सुशासन र प्रभावकारी कार्यशैली आवश्यक : अध्यक्ष घिसिङ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
306 views

ललितपुर – कुलमान घिसिङले देशमा सुशासन कायम राख्दै परिणाममुखी कार्यशैली अपनाउन सके स्थायी विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

उहाँले पार्टीको चुनावी आमसभामा अब भाषणभन्दा कामबाट परिणाम देखाउनुपर्ने आवश्यकताबोध भएको भन्दै निर्वाचनमा सहभागी भएको जानकारी दिनुभयो ।

अध्यक्ष घिसिङले जलस्रोत व्यवस्थापनलाई देश समृद्धिको मुख्य आधार मान्दै सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीलगायत विकासका क्षेत्रलाई एकीकृत योजनाअन्तर्गत अघि बढाउने बताउनुभयो ।

उहाँले ऊर्जा पहुँच अभाव र लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालोतर्फ लैजाने प्राथमिकता दिएका छन् ।

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देश परिवर्तनको अवसर ठहर गर्दै, सही नेतृत्व चयन गर्न जनताको जिम्मेवारी रहेको औँल्याउनुभयो ।

अध्यक्ष घिसिङले सामाजिक न्याय स्थापना, विभेद अन्त्य, क्षमतामूलक समाज निर्माण र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया