|
|
२०८३ बैशाख १८
102 views

ललितपुर - कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ प्रभावित व्यक्ति र उनीहरूको परिवारको कानुनी र मौलिक हकका बारेमा नीतिगत सम्मान र आर्थिक सहयोग गरेको छ ।
प्रतिष्ठानले आज २५ जना कुष्ठ प्रभावितलाई प्रतिव्यक्ति रु २० हजारका दरले आर्थिक सहयोग गरेको हो । कुष्ठ प्रभावित व्यक्तिको अधिकारका लागि सक्रिय १२ वटा संस्थाको सिफारिसमा उनीहरूलाई सम्मान गरिएको प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले जानकारी दिनुभयो ।
मुलुकभर रहेका करिब दुई लाख कुष्ठप्रभावित व्यक्ति रहेको अनुमान छ । आर्थिक सहयोग पाएपछि उनीहरूले जीविकोपार्जनका लागि व्यवसाय गर्ने तयारी गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सभापति प्रधानले कुष्ठ प्रभावित व्यक्तिहरूको कानुनी र सामाजिक दृष्टिकोणबाट सुधार गर्नका साथै आर्थिक रूपमा पनि सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।

बिजनेस पाटी
