|
|
२०८२ माघ १९
510 views
ललितपुर – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कम्बोडिया पठाउने वाचा गरेर ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बबिलाल लामा हुन्, जसको बारेमा कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार, “रोजगारीको लागि कम्बोडिया लैजाने भन्दै रु चार लाख ३५ हजार रकम उठाएर लामो समयसम्म सम्पर्कविहीन भएका लामालाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
काठमाडौँ महानगरपालिका –३ बाट पक्राउ गरिएको लामालाई आजै थप अनुसन्धान र आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया