डिएसपी लम्साललाई फागुन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र ५
|
612 views

ललितपुर - कोशी प्रदेश प्रहरी कार्यालयले झापाको इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डिएसपी किशोर लम्साललाई फागुन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको छ ।

संवेदनशील मानिएको झापा क्षेत्र नं. ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकन गरिएको छ ।

त्यसैगरी, जेन जेड आन्दोलनका क्रममा दमक प्रहरी कार्यालयबाट हराएका हतियार पुनः बरामद गर्नुका साथै हिरासतबाट फरार भएका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको कार्य पनि उनको योगदानमा समेटिएको छ ।

लम्सालको नेतृत्वमा लुटिएको एक थान राइफल फेला पारिएको तथा विभिन्न स्थानबाट १९ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फागुन महिनामा दमक क्षेत्रमा जेन जेड आन्दोलनसँग सम्बन्धित १० सहित कुल ३५ मुद्दा दर्ता भएका थिए । साथै, ध्वनि प्रदूषण नियन्त्रणका क्रममा २१७ मोटरसाइकलमाथि कारबाही२२ जना फरार व्यक्तिहरू पक्राउ गरिएको विवरण पनि सार्वजनिक गरिएको छ ।

आन्दोलनका कारण क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकको पुनःस्थापना र मर्मतमा समेत लम्सालले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको उपलब्धि, नेतृत्व क्षमता र कर्तव्यनिष्ठ कार्यसम्पादनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो