इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को आठौ संस्करणमा नेपाल बाट प्रसिद्ध गीतकार तथा बिजनेसपाटी डट कमका कार्यकारी सम्पादक लोकराज अधिकारी मनोनीत भएका छन । यो मनोनयन गीतकार अधिकारीको लगातार तेस्रो पटक हो । गत बर्ष उनी अन्तिम प्रतिस्पर्धामा दुई विधामा टप २० मा छनौट भएका थिए ।
यस बर्स गीतकार अधिकारीले लेखेको चलचित्र अन्जिलाको “यो देश को झण्डा” बोलको गीत मार्फत अन्तर्राष्ट्रिय गीतकार पुरुष बिधामा मनोनीत भएका हुन ।
नेपाली महिला फूटबल क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको बायोपिक सुपरहिट चलचित्रको यो गीतमा बबिना किरातीको स्वर र हरि लम्सालको संगीत रहेको छ ।
गत बर्ष नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका थिए । त्यस्तै छैटौ सस्करणमा उनी “यस्तो भाछ मलाई त ” बोलको गीत बाट मनोनयनमा परेका थिए ।
आगमी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा सम्पन्न हुने अवार्डको निशुल्क अनलाइन भोटिङ केहिदिनमा खुल्ला हुने आयोजकले जानकारी दिएको छ ।
गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’ ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ “हेप्नी मलाई हेप्नी” “रुपौली रानी” लगायतका दर्जनौ गीत लोकप्रिय छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया