२०८२ चैत्र २० | Apr 03, 2026

इसा अन्तर्राष्ट्रिय अवार्डको अन्तिम मनोनयन सार्वजनिक : नेपाल बाट प्रसिद्ध गीतकार अधिकारी मनोनित

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २०
|
306 views

इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्तराज्य अमेरिकाको एट्लान्टामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को आठौ संस्करणमा नेपाल बाट प्रसिद्ध गीतकार तथा लोकराज अधिकारी मनोनीत भएका छन ।

आयोजकले सार्बजनिक गरेको बर्षको अन्तर्राष्ट्रिय गीतकार पुरुष बिधामा नेपाली प्रसिद्ध गीतकार लोकराज अधिकारी सहित मनोनयनमा परेका ४६ जनामा आरोन हलिडे CA,अमौरी लरेन्ट बर्नियर DE,एन्डी स्मिथ – AU,बब डोनाल्डसन CAब्रायन कूपर – JP,चाड लज CA,क्रिस एन्ड्रेस – CA,क्रिस्टोफर ब्राउन – UK,डेनियल एगिन – GH,डेनियल डे बोअर – NL,ड्यानी म्याकमोहन – UK,ड्यारिन वाल्टर्स – CA,डेभी एन्स्कोम्बे – UK,डोनी भान्ट वेल्ट – NL,इमो लेब्लाङ्क – CA,फ्लोरियन फक्स CH,ग्यारी लियोनार्ड UK,गर्भिन न्याप्को – GH,ग्रान्ट लाइल CA,ह्यारी कप्पेन MX हेनरी ट्रान – NZ,हावर्ड डेलनिक – CA इयान गोस्बी – CA,इवार सिगुरवर्गसन – IS जेक डोलेरी – UK,केलेन जेम्स – UK,केल्भिन जे. वुड – UK,केर डोनेली – UK,लुकास स्नो – CA,लुइस बारबोसा – PT ,महेश महादेव – IN,माइकल ह्यामिल्टन – DK,मिशेल अन्नुन्जियाटा – IT,मिक मेसन – DE,नील फल्कनर UK,नाइज बी- CA,रासमस पेडरसन DK,रिकी क्याब्रालेस – MX,रिक रीज – CA,शमूएल अलेक्ज्याण्डर बारबोर – HK,शमूएल जर्ज – ES,टेरेन्स हार्ट – CA,टेरी डीन – UK,स्वाइटी सोमर्स – CA रजहिर हुसेन – IN मनोनयनमा परेका छन । उनिहरु मध्य ट्प २० हुँदै अन्तिम बिजेता छनौट गरिने छ ।


प्रसिद्ध गीतकार अधिकारीको यो मनोनयन लगातार तेस्रो पटक हो । गत बर्ष उनी अन्तिम प्रतिस्पर्धामा दुई विधामा टप २० मा छनौट भएका थिए । यस बर्स गीतकार अधिकारीले लेखेको चलचित्र अन्जिलाको “यो देश को झण्डा” बोलको गीत मार्फत अन्तर्राष्ट्रिय गीतकार पुरुष बिधामा मनोनीत भएका हुन ।

नेपाली महिला फूटबल क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको बायोपिक सुपरहिट चलचित्रको यो गीतमा बबिना किरातीको स्वर र हरि लम्सालको संगीत रहेको छ । गत बर्ष नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका थिए । त्यस्तै छैटौ सस्करणमा उनी “यस्तो भाछ मलाई त ” बोलको गीत बाट मनोनयनमा परेका थिए ।

आगमी अगस्ट २२मा अमेरिकाको एटलान्टामा सम्पन्न हुने अवार्डको बिजेता अनलाइन भोटिङ माफर्त छनौट गरिने छ । निशुल्क अनलाइन भोटिङ खुल्ला भएको आयोजकले जानकारी दिएको छ । गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’ ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ “हेप्नी मलाई हेप्नी” “रुपौली रानी” लगायतका दर्जनौ गीत लोकप्रिय छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया