मध्यपहाडी लोकमार्ग अवरूद्ध

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ११
|
306 views

ललितपुर - मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार पर्वतको तमादी खोलामा खसेको पहिरोले उक्त सडक अवरूद्ध भएको हो । पहिरो पन्छाउने क्रम जारी छ ।

यसैगरी, सहस्रधारामा कालीगण्डकीले सडक कटान गरेको छ । पोखरालाई म्याग्दी र मुस्ताङसँग जोड्ने सडक पनि अवरूद्ध भएका कार्यालयका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube