२०८२ फाल्गुन २ | Feb 14, 2026

हिमपातका कारण मध्यपहाडी लोकमार्ग ठप्प, यात्रु अलपत्र

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १४
|
867 views

ढोरपाटन (बागलुङ), १४ माघ । मङ्गलबार रातिदेखि परेको वर्षासँगैको भारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पर्ने पातीहाल्ने क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक बन्द भएको हो ।

लोकमार्ग बन्द भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सयौँ यात्रु बाटोमै अलपत्र परेका इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिनुभयो । निरन्तर हिमपात जारी रहेकाले तत्काल सडक खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट रुकुम, जाजरकोट र डोल्पालगायत गन्तव्यतर्फ गएका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिप क्षेत्रमा रोकिन बाध्य भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया