२०८२ चैत्र २१ | Apr 04, 2026

मादी नदीमा मत्स्य संरक्षणका लागि नयाँ परियोजना सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
408 views

ललितपुर – तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण परियोजना कार्यान्वयन प्रारम्भ गरेको छ ।

परियोजनाअन्तर्गत मत्स्य ह्याचरी सञ्चालन तथा मादी नदी मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र निर्माणको तयारी थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाअन्तर्गत मादी नदीमा प्रस्तावित मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र कार्यान्वयनको तयारी पनि सुरु गरिएको छ ।

दुवै योजनाबारे तनहुँ हाइड्रोपावर लिमिटेड, वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकका राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञ परामर्शदाता तथा एडिबीका जलविद्युत् परामर्शदाताबीच योजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको भण्डारीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया