|
|
२०८२ फाल्गुन १०
255 views
ललितपुर - ललितपुर – बैतडी जिल्लामा आसन्न निर्वाचनलाई ध्यानमा राख्दै मदिराजन्य पदार्थ बिक्री वितरण र ओसारपसारमा कडाइ गरिएको छ ।
दशरथचन्दस्थित जिल्ला प्रशासन कार्यालयका अनुसार फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ बजेपछिको मदिर बिक्री वितरणमा रोक लगाइएको छ ।
मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री वितरण पूर्ण रूपमा निषेध गरिने र फागुन ११ देखि २४ गतेसम्म ओसारपसारसमेत नहुने निर्णय भएको छ । व्यवसायीहरूसँग छलफलपछि यो कडाइ गर्ने सहमति भएको प्रशासनले जनाएको छ ।
निर्णय उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ । जिल्लामा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

बिजनेस पाटी