महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनलबीच शिक्षा क्षेत्रमा सहकार्य

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १२
|
357 views

ललितपुर - महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२–आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरता क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ

आश्विन ९, २०८३ (२५ सेप्टेम्बर २०२६) मा भएको सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास परियोजनामा वित्तीय सहयोग गर्नेछ ।

      सहयोगअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम र कम्प्युटर ल्याब स्थापना लगायतका परियोजना सञ्चालन गरिने बैंकले जनाएको छ ।

      बैंकका अनुसार सहकार्यले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता र डिजिटल पहुँच सुधारमा योगदान पुर्‍याउनेछ ।

      महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग समेत गरेको जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube