
ललितपुर - महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले नेपालको फेसन तथा लाइफस्टाइल ब्रान्ड के.टी.एम. सिटीका आउटलेटहरूमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक र के.टी.एम. सिटीबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले के.टी.एम. सिटीका देशभर रहेका १७ वटै आउटलेटमा सम्पूर्ण पहिरन तथा कपडा खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
फेसन तथा लाइफस्टाइल क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको के.टी.एम. सिटीले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ । नवीनता, गुणस्तर र ग्राहकको बदलिँदो आवश्यकतालाई प्राथमिकतामा राख्दै आएको ब्रान्डसँगको सहकार्यले बैंकका ग्राहकलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न क्षेत्रका वस्तु तथा सेवामा अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गर्दै आएको जनाएको छ ।
यसैबीच, बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ । बैंकले वित्तीय सेवाको गुणस्तर अभिवृद्धि तथा ग्राहकलाई थप सहज र सुविधाजनक सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न नवीन पहल गर्दै आएको छ ।



बिजनेस पाटी