२०८२ फाल्गुन ६ | Feb 18, 2026

महानगरबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा रु १ करोड सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
357 views

ललितपुर – काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण खरिद गर्न रु १ करोड अनुदान दिने भएको छ ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र शिक्षा–स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता सम्पन्न भएको हो । अस्पताल तर्फबाट अध्यक्ष डा भरतकुमार प्रधान श्रेष्ठ र कामपाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार अस्पतालले सार्वजनिक खरिद प्रक्रियाबाट एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको जेनेरेटर, र ५०० एम.ए. डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ ।

कार्यवाहक प्रमुख डङ्गोलका अनुसार, महानगरवासी र बिरामीलाई गुणस्तरीय, सहज र सरल उपचार सेवा प्रदान गर्न अनुदान उपलब्ध गराइएको हो । अस्पताल अध्यक्ष श्रेष्ठले पनि अस्पताल सेवा नाफामुखी नभएर सेवा भावमा आधारित रहेको उल्लेख गर्दै, जलनसहितका बिरामीको उपचारलाई सहज बनाउन महानगरको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया