प्रहरी इन्स्पेक्टर महत धरौटीमा रिहा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
867 views

ललितपुर - ललितपुर – चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई बलात्कारको अभियोगमा धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

महिला पीडितले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको दाबी गर्दै जाहेरी दिएको थियो । माघ २३ मा जिल्ला प्रहरी कार्यालय चितवनले महतलाई हिरासतमा लिएको थियो ।

मंगलबार जिल्ला अदालत चितवनमा भएको थुनछेक बहसमा न्यायाधीश केदारनाथ पौडेलको इजलासले महतलाई २ लाख रूपैयाँ धरौटीमा रिहा गरी बाहिर बसेर मुद्दा लड्न अनुमति दिएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले महत हाल निलम्बनको अवस्थामा रहेको र मुद्दा अन्तिम नतिजा नआएसम्म नियमित काममा फर्किन नसक्ने बताएका छन् ।

महिलाले जाहेरीमा उल्लेख गरेकी छन् कि, असोज १ गते कार्यालयमा समस्या उठाउन गएकी बेला इन्स्पेक्टर महतले कफी खान बोलाएर क्याफेमा लगि न्याय दिलाइदिन्छु भनी प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको र कार्यालयमा पनि कुटपिट गरेको दाबी गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube