२०८२ चैत्र १८ | Apr 01, 2026

महेश बस्नेतविरुद्धको रिट उच्च अदालतद्वारा खारेज

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १८
|
918 views

नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको रिट उच्च अदालतले खारेज गरेको छ । उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो ।

यसअघि पाठकले बस्नेतविरुद्ध जबरजस्तीकरणको आरोप लगाउँदै उजुरी दर्ता गरेकी थिइन् । जिल्ला सरकारी वकिल कार्यालयले दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो, जसविरुद्ध पाठक उच्च अदालत पुगेकी थिइन् । उच्च अदालतको फैसलासँगै महेश बस्नेतविरुद्धको आरोप कानुनी रूपमा खारेज भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया