२०८२ फाल्गुन ६ | Feb 18, 2026

धादिङ–मुग्लिन सडकखण्डमा कालोपत्र कार्य तीव्र

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ३
|
459 views

ललितपुर – पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मलेखु खण्डको ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र भएपनि यस वर्ष थप तीन किलोमिटर सडक कालोपत्र भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार, तेस्रो चरणअन्तर्गत हालसम्म कुल ४० प्रतिशत सडक स्तरोन्नति भएको छ। यसमा कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र समावेश छन् ।

धादिङको बाँदरे क्षेत्रमा कालोपत्रको काम जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस निर्माण भइरहेको छ । खण्डमा रहेका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको इन्जिनियर दरैले जानकारी दिए ।

उहाँले भने, “चरौदी र बेनिघाट एवं इच्छाकामना क्षेत्रबाट निर्माण सामग्री ल्याइएको भए पनि लामो समयसम्म काम गर्न सामग्री अभाव हुन सक्ने सम्भावना छ ।

विश्व बैंकको ऋण सहयोगमा रु चार अर्ब ८० करोड ५९ लाख खर्च गरिने गरी ३८ किलोमिटर लामो यो सडकखण्डको स्तरोन्नति कार्य थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया