जेनजी परिषद् गठनसहित मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
3.5k views

ललितपुर - ललितपुर – प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलरबराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौंको अध्यक्षसमेत तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बीमा ऐन २०७९ को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई दिने निर्णय पनि भएको छ ।

आगामी वर्ष २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभर दिइने सार्वजनिक बिदा निर्धारण गर्नेप्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद्को सातौँ निर्णय जेनजी परिषद् गठन गर्ने सम्बन्धमा रहेको सरकारका प्रवक्ताले जानकारी दिनुभएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube