समानुपातिक मतगणना: रास्वपा सबैभन्दा अगाडि

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
663 views

ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ३८ हजार ७५० मत गणना भएको छ । अझै करिब पाँच लाख मत गणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ । उक्त पार्टीले ५० लाख ११ हजार ८९१ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा एमाले ले १४ लाख १२ हजार ८५३ र नेपाल कम्युनिष्ट पार्टी ले ७ लाख ६७ हजार ९९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २५ हजार ३२४ मत प्राप्त गरेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube