|
|
२०८२ फाल्गुन १३
765 views
ललितपुर - ललितपुर – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् ।
मतदाता सूचीमा नाम समावेश भए पनि निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्ने मतदातालाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था गरिएको छ ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी स्वामित्वका संस्था, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी र संवैधानिक निकायका पदाधिकारीको नाम स्थायी मतदाता नामावलीमा समावेश रहेको छ ।
ती अस्थायी मतदाताका लागि १४३ मतदानस्थल निर्धारण गरिएको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

बिजनेस पाटी