|
|
२०८२ माघ ९
1.1k views
ललितपुर। ललितपुर स्थित जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरिसकेको छ ।
केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको हो । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।
त्यसैगरी, हालसम्म कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकेको जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया