२०८२ चैत्र २१ | Apr 04, 2026

मौद्रिक समीक्षा सकारात्मक : आर्थिक गतिविधि र वित्तीय स्थिरतामा जोड

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
816 views

ललितपुर – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि तीव्र बनाउने र वित्तीय स्थिरता सुदृढ गर्ने लक्ष्य राखेको भन्दै सिबिफिनले सकारात्मक प्रतिक्रिया दिएको छ । सावधानीपूर्ण र स्थिरतामुखी नीतिगत कदमलाई स्वागत गर्दै संस्थाले यसलाई वित्तीय प्रणाली सुदृढीकरणको दिशामा महत्वपूर्ण पहल भनेको छ ।

समीक्षामा क्षेत्रगत कर्जाको दायरा विस्तार, लघु तथा साना उद्यम कर्जालाई प्रोत्साहन, कार्यशील पुँजी व्यवस्थामा नगद प्रवाह आधारित मूल्याङ्कन, पुनर्संरचना सुविधा र विदेशी विनिमय जोखिम सीमा वृद्धिजस्ता व्यवस्था समेटिएका छन् । यस्ता कदमले कर्जा विस्तारलाई सहज बनाउँदै उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी बढाउने अपेक्षा गरिएको छ ।

साथै डिजिटल पूर्वाधार र विद्युतीय भुक्तानी प्रणाली विस्तारलाई प्राथमिकता दिइएको छ, जसले वित्तीय प्रणालीलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । अल्पकालीन तरलता व्यवस्थापन र दीर्घकालीन सुधारबीच सन्तुलन कायम राख्दै जोखिम व्यवस्थापन र संस्थागत सुशासन सुदृढ गर्नुपर्नेमा सिबिफिनले जोड दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा र तरलता चुनौती न्यूनीकरणका लागि सरोकारवालासँग छलफल गरी नेपाल राष्ट्र बैंकले थप नीतिगत कदम चाल्ने अपेक्षा गरिएको छ ।

राजेश उपाध्यायले मौद्रिक नीतिका सुधारात्मक कदमले आर्थिक तथा बैंकिङ क्षेत्रको आधुनिकीकरण र दिगो विकासमा रचनात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया