ललितपुर - ललितपुर – पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी र बागमती प्रदेशको तराईका साथै मधेश प्रदेश तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुँवालो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

बिजनेस पाटी