आज देशका पहाडी र हिमाली भूभागमा आंशिक हिमपातको सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
357 views

ललितपुर - ललितपुर – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति तराईका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल, बाँकी भूभागमा मौसम सफा रहनेछ ।

महाशाखाले हुस्सु, तुवाँलो र हिमपात हुने पूर्वानुमान भएका क्षेत्रका बासिन्दा र यातायात सञ्चालनमा सावधानी अपनाउन अनुरोध गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube