आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
1.1k views

ललितपुर - ललितपुर । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभाग र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेबाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube