२०८२ फाल्गुन ६ | Feb 18, 2026

आजको मौसम पूर्वानुमान: कस्तो रहनेछ आकाशको अवस्था ?

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २१
|
612 views

ललितपुर – देशभर हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ। यसका कारण बागमती र गण्डकीसहित पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहँदा अन्य स्थानमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराईका केही क्षेत्रमा कुहिरो लाग्ने सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का वर्षा, हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

रातिको समयमा पनि तराईका केही स्थानमा कुहिरोको प्रभाव कायम रहने बताइएको छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन गतिविधि, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया