तराईमा हुस्सु , पहाड–हिमालमा आंशिक बदली

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
1.2k views

ललितपुर - ललितपुर – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराईका केही ठाउँमा हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराईका केही स्थानमा बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube