ललितपुर – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको असरका कारण कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम प्रायः सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने अनुमान छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि औँल्याइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया