पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
663 views

ललितपुर - ललितपुर – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, तराईका केही स्थानमा हुस्सु लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने तथा अन्य पहाडी भेगमा आंशिक बदली रहने जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि तराईका केही स्थानमा तुवाँलो लाग्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुनः हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ ।

महाशाखाले हुस्सु, तुवाँलो र हिमपात हुने सम्भावित क्षेत्रका बासिन्दालाई तथा यातायात सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube