|
|
२०८२ माघ ६
1.1k views
ललितपुर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहनेछ भने अन्य स्थानमा मौसम खुला रहने पूर्वानुमान गरिएको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया