इन्टर मायमी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।
मायमी बिहीवार लस एन्जलस फुटबल क्लबसँग १-० को पराजित भएको छ ।
बिएमओ रंगशालामा भएको खेलमा लस एन्जलसको जितमा नाथन ओर्डाजले गरेको एकमात्र गोल निर्णायक बन्यो । घरेलु मैदानमा खेलको ५७औं मिनेटमा ओर्डाजले गोल गरे ।
दोस्रो लेग अप्रिल १० मा मायमीको मैदान चेज स्टेडियममा हुनेछ । एजेन्सी