त्रिभुवन विमानस्थलबाट १३ लाखभन्दा बढी मूल्यको मोबाइल र ल्यापटपसहित एक जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
459 views

ललितपुर - ललितपुर – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु १३ लाख ८० हजार बराबरका मोबाइल र ल्यापटपसहित ३४ वर्षीय सञ्जीव खड्कालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका खड्का सर्लाही, लालबन्दी नगरपालिका–१ का बासिन्दा हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो।

प्रवक्ता सिलवालका अनुसार, त्रिभुवन विमानस्थलको गोल्डेन गेट बाहिर शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दा उनी बाह्य मुलुकबाट आएका यात्रुहरूलाई भन्सार छली गराउन लगाउँदै अवैध रूपमा विद्युतीय सामग्री लैजान लागिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका खड्काले आईफोन १७ प्रोम्याक्स २५६ जिबीका चार थान (रु ८ लाख बराबर), एमफोर म्याकबुक ऐर २५६ जिबी (रु २ लाख ६० हजार बराबर), र एमफोर म्याकबुक ऐर ५१२ जिबी (रु ३ लाख २० हजार बराबर) विद्युतीय सामग्री अवैध रूपमा सङ्कलन गरेर लैजान खोजेको प्रहरीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube