|
|
२०८३ बैशाख २२
765 views
ललितपुर - प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी तय गरिएको हो ।
सरकारले सिफारिस गरेका आठवटै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेलगत्तै प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । यसअघि पनि मन्त्रिपरिषद्को बैठक हिजो बसेको थियो ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयसँगै आगामी संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल हुने जनाइएको छ । स्रोतका अनुसार आवश्यक निर्णय भए संसद् अधिवेशन आह्वानका लागि सिफारिससमेत गर्न सकिने सम्भावना छ ।
सरकारले हालै जारी गरिएका अध्यादेशहरू कार्यान्वयन र आगामी संसदीय प्रक्रियाबारे रणनीतिक छलफल केन्द्रित रहने अपेक्षा गरिएको छ ।

बिजनेस पाटी











